सगरमाथा आरोहण गर्नेको लाइन

काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी छ। मानिसहरू घरभित्रै थुनिन बाध्य छन्।

त्यसैबीच सगरमाथा आरोहण गर्नेका तस्वीहरू सार्वजनिक भएका छन्। जसमा लामबद्ध भएर सगरमाथा चढिरहेको देखिन्छ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण आरोहण बन्द गरेको थियो। यस वर्ष पनि चीनतर्फबाट आरोहण गर्न बन्द गरिएको छ। तर नेपाल सरकारले ४ सय ९ जनालाई सगरमाथा चढ्न अनुमति दिएको छ।

यसरी लामबद्ध भएर आरोहीहरू सगरमाथा चढिरहेको तस्वीरहरू केही वर्षअघि पनि सार्वजनिक भएका थिए। त्यस तस्विरको विश्वभर नै चर्चा भएको थियो।

गत मंसिरमा नेपाल र चीनले सगरमाथाको नयाँ उचाइ घोषणा गरेको थियो।

त्यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८.८६ मिटर पुगेको हो।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।

दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका थिए। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो।

सेतोपाटीबाट