मंगलबार सुन चाँदीको मूल्य बढ्यो

जेठ २५,काठमाडौं । हिजो प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङघले बताएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १३ सय ५५ रुपैयाँ पुगेको छ ।