मुख्यमन्त्री भट्को पक्षमा ३० मत विपक्षमा ९ मत १२ जना तथष्ठ

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो सरकारलाई विश्वासको मत दिन प्रस्ताव गरे अनुसार आज बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा ५१ जना प्रदेश सांसदको उपस्थिति रहेको थियो । बैठकमा मत चाहेर गर्ने क्रममा मुख्यमन्त्री भट्टको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा ३० मत र मुख्यमन्त्रीको बिपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा ९ मत परेको छ । भने १२ जना सांसदले मत चाहेर नगरेर तथष्ट बसेका थिए ।
भरखरै सकिएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो सरकारलाई विश्वासको मत दिन प्रस्ताव गरे अनुसार उनको पक्षमा ३० मत परेको र यो सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको बहुमत भएकाले मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउंदै उनको सरकार समेत जोगिएको छ ।