म्यानचेस्टर सिटीका केभिड डु ब्रुयानेले लगातार दोस्रोपटक पिएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् । प्लेयर्स फुटबलर्स एशोसियसन (पिएफए) ले प्रदान गर्ने यो अवार्ड यसअघि हेनरी थिएरी र क्रिष्ट्रियानो रोनाल्डोले मात्रै लगातार दुई वर्ष जितेका थिए ।
२०१९–२० को सिजन पहिलोपटक अवार्ड जितेका ब्रुयानेले यसपटक फेरि अवार्ड जित्नेक्रममा रुबेन डायस, इल्के गुन्डोगान र फिल फोडेनको चुनौती सामना गर्नुपरेको थियो । यी तीनवटै खेलाडी म्यानचेस्टर सिटीबाटै खेल्छन् ।
सिटीले इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनल यात्रा पनि गरेको थियो । तर, फाइनलमा अर्को इंलिस क्लब चेल्सीसँग १–० ले पराजित भयो ।