कालिकोटमा ३३ केभी राष्ट्रिय विद्युत प्रसारण लाइन बिस्तार

२५ जेठ, कालिकोट । कालिकोट विद्युतको प्रशारण लाइनमा जोडिन सफल भएको छ । नेपाल विद्युत प्राधिकरणले दुल्लुदेखि कालिकोट मान्म सम्मको ३३ केभी राष्ट्रिय प्रसारण लाइनको बिस्तार गरेको छ।

तत्कालिन उर्जामन्त्री हाल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा ३३ केभी राष्ट्रिय प्रशारण लाइन आज बाट कालिकोटमा जोडिएको हो।

नेपाल बिद्युत प्राधिकरणको कालिकोट सेवा केन्द्रले बैशाख २८ गते बाट दैलेखको दुल्लु, जब्बुकाँध, रामाघाट, पाल्ताडा, टुनिबगर, राकम, खिड्कीज्युला देखि कालिकोटको मान्म बजार सम्म गाडीएका पोलमा तानिएका तारहरुमा बिद्युत प्रवाह हुने जानकारी दिएपछि बिद्युतको राष्ट्रिय प्रसार लाइन आजबाट कालिकोट पुगेको हो।

कालिकोटमा बिद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेपछि कालिकोटका स्थानीय बासि खुशी देखिएका छन्।

५ वर्षभित्र निर्माणकार्य पूरा गरी सक्ने लक्ष्यसहित अगाडि बढाइएको कर्णाली राजमार्ग विद्युत प्रसारण लाइनको सव स्टेसन तयार पछि कालिकोटमा राष्ट्रिय प्रसारण लाइनको बिस्तार भएको हो।

विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका कालिकोटको रेगिलघाटमा ४ सय केभी प्रसारण लाइनको डीपीआर निर्माण गरिने बताइएको छ।