एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय

२५ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको भरखरै सकिएको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बैकको जानकारी दिने क्रममा सामाजिक विकासमन्त्री लालबहादुर खड्काले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मतमा उभिने निर्णय गरेको बताए ।

बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिए ।

तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए । तर बहुमत पक्षले फरक मत पनि राख्न नदिएको एक सांसदले बताए । २४ सदस्यीय संसदीय दलमका ओली पक्षका ७ जना छन् ।