विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपाल र जोर्डनबीच भएको पहिलो हाफ सकिदा नेपाल जोर्डनसंग १ गोलले पछाडी

२४ जेठ, काठमाण्डौ । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत अहिले नेपाल र जोर्डनबीच भएको खेलमा पहिलो हाफ सकिदा जोर्डनले नेपाललाई १ गोल गर्दै अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले गोल गरेका हुन् ।

डि–बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका छन् ।

जोर्डनले दबाबमा राखेको खेलमा नेपालका गोलकिपर किरण चेम्जोङले जोर्डनका तर्फबाट गरिएका कयौं प्रहारलाई विफल तुल्याएका थिए । ४१ औं मिनेटमा डि–बक्सभित्रै जोर्डनका खेलाडीले गोल गर्ने आकर्षक मौका पाए पनि चेम्जोङले सशक्त बचाउ गरेका थिए ।