नेपाललाई १४ लाख डोज खोप दिने डेनमार्कले

२३ जेठ, काठमाडौं । डेनमार्क सरकारले १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको छ ।

डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने बताए सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले बताएका छन् ।

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले हिजो साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए ।