करेन्ट लागेर एकजनाको मृत्यु

२३ जेठ, उदयपुर । चौदण्डीगढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो ।

आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला मक्किएको काठको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी गराए ।