Breaking News

बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका–८ का ३९ वर्षीय पुरुषको आज बिहान एक बजेतिर र ठाकुरबाबा नगरपालिका–२ का ५५ वर्षीय पुरुषको बिहान साढे ५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–३ की ३३ वर्षीय महिलाको हिजो दिउँसो साढे ११ बजे नेपालगञ्ज मेडिकल कलेज र नेपालगञ्ज उपमहानगरपालिका–१ की ४५ वर्षीय महिलाको आज बिहान ६ बजे युनाइटेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।