प्रतिनिधिसभाविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु

२३ जेठ, काठमाडौं । प्रतिनिधिसभाविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजबाट पुनः सुनुवाई सुरु भएको
छ ।

यसअघि न्यायाधीशहरु र इजलास गठनमाथि नै अधिवक्ताहरुले प्रश्न उठाएपछि आज वरिष्ठताको आधारमा इजलास पुनर्गठन भएको छ ।

पुर्नगठित इजासलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।

यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठेको थियो ।

विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्रीविपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदकपक्षका कानुनव्यावासायीले प्रश्न उठाएपछि उनले इजलास छाडेका थिए ।