सुन चाँदीको मूल्य बढ्यो

२३ जेठ, काठमाडौं । साताको पहिलो दिन आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । गत शुक्रबार एकैदिन १५ सयले घटेको सुनको भाउ हिजो विदापछि आज पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज छापावाल सुनको भाउ तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आजको खरिद बिक्री मूल्य १३ सय ५५ रुपैयाँ तोकिएको छ ।