मन्त्रीमण्डलमा वरियताक्रम नमिले पछि म मन्त्रीबाट बाहिरिए

निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री, हृदयेश त्रिपाठी

२१ जेठ, काठमाण्डौ । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी नयां मन्त्रिपरिषद विस्तार संगै बाहिरिएका छन् । उनले आज मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्ने क्रममा आफ्नो वरियताक्रम नमिलेकाले मन्त्रीबाट बाहिरिएको बताएका छन् ।

वरियता नमिलेको कारण म आफै हटेको हुँ योबारे धेरै बोल्न चाहन्न् । आफू मन्त्रीबाट बाहिरिए पनि भारतबाट रोकिएको कोरोना भाइरसविरुद्धको खोप दुई साता भित्रै आइपुग्ने बताएका
छन् ।

सरकारबाट बिदा हुँदै गर्दा बाँकी खोप ल्याउने जिम्मेवारी पूरा गरेको बताए । ‘खरीद गरेको खोप पठाउन पहल गरिरहेको थिएँ, अबको २ हप्तामा पठाउने कुरा भएको छ’ त्रिपाठीले भने ।

चीनबाट २० लाख डोज खोप खरीदको वार्ता अन्तिम चरणमा पुगेकोसमेत उक्त अबसरमा बताए ।

स्वास्थ्य मन्त्रालयमा सिस्टम बसाएकाले अब आउने मन्त्रिलाई काम गर्न गाह्रो नहुने समेत उनले बताए । विकराल अवस्थामा खोप ल्याउनेदेखि अन्य काम गरेको बताउँदै उनले भने, ‘स्वास्थ्यमा एक खालको सिस्टम बसेको अवस्था छ । अब आउने मन्त्रीज्यूलाई त्यो समस्या नहोला ।