तीन उपप्रधानमन्त्री सहित नयां मन्त्रीमण्डल गठन, को आए को गए यस्तो छ मन्त्रीमण्डल

२१ जेठ, काठमाण्डौ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

जसपा को महन्थ ठाकुर पक्षलाई समेट्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छ्न। आज भएको मन्त्रीमण्डल हेरफेरमा उनले ३ जना उपप्रधानमन्त्री समेत बनाएका छन् । पहिलेका ९ मन्त्री र तीन मन्त्रीलाई हटाईएका छ ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्दै एमालेकै रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् ।

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नयाँ मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

चार मन्त्रीलाई प्रधानमन्त्री ओलीले कायमै राखेकाछन् । त्यसमाअर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठ छन् ।

गृहमन्त्री रहेकारामबहादुर थापा बादल पदमुक्त भएपछि खाली भएको गृहसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् । हाललाई यी सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्नेछन् ।

 मन्त्रिपरिषद्को कार्यविभाजन :

  • प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
  • विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
  • राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
  • रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
  • शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
  • कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
  • बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
  • लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
  • शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
  • अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
  • विमल श्रीवास्तव : श्रम तथा रोजगार
  • उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
  • लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
  • चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
  • एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
  • चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
  • रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक