दुई वडा अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

२१ जेठ, रौतहट । कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको ज्यान गएको छ ।रौतहटको गरुडा नगरपालिका वडा –२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए ।यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न. ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षीय यादवको स्वास्थ्य झन जटिल बनेको र उनको निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलविष्णस देवमले जानकारी गराए ।