सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

२० जेठ, सप्तरी । डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साबिक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले बताए ।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले जानकारी गराए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ ।