पछिल्लो २४ घण्टामा थपिए ६८२५ कोरोना भाइरस संक्रमित, ७५ जनाको मृत्यु

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।