नेप्से परिसूचक उच्च अंकले बढ्यो, कारोबारमा नयाँ रेकर्ड

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

आइतबारको रेकर्ड तोड्दै नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । आज १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।