कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ

२८ चैत, ऐजेन्सी । खाडी मुलुक कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ८३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ । तीमध्ये १ सय १२३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २६ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।