Breaking News

बाबु मारेको अभियोगमा छोरा पक्राउ

कदर समाचार

 


गुल्मी । गुल्मीमा बाबुको हत्या गरेको आरोपमा छोरा जना पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका २ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा २५ वर्षीय अर्जुन कुमाललाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।अर्जुनले बुबालाई ढुङगाले हानी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी हस्तीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटानका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।

लेखक : कदर समाचार