बार्सिलोनाका ६ संचालक सदस्यद्धारा एकै पटक राजीनामा

२८ चैत, ऐजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका सञ्चालक समितिका ६ जना सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । क्लबका अध्यक्ष जोसेप मारिया बार्तामेउलाई उनीहरुले राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिनेमा उपाध्यक्षद्वय एमिली राउसाउड र इनरिके तोम्वास समेत छन् ।
यसअघि अध्यक्ष बार्तामेउले एमिली राउसाउड एनरिके तोम्बास सिल्भियो एलिभास र जोसेफ पोन्टलाई अफिस छाड्न भनेका थिए । यी चार जनासँगै मारिया तेइक्सीडर र जोर्डी क्लासमिगलियाले पनि राजीनामा बुझाएका हुन् ।
६ जनाले संयुक्त राजीनामा पत्र लेख्दै फेयरवेलको स्टेटमेन्ट सार्वजनिक गरेका छन् । ६ जनाले राजीनामा दिएपछि बार्सिलको क्लब बोर्डको स्ख्या १९ बाट घटेर १३ मा आएको छ ।
महारमारीको रुपमा रहेको कोरोना भाइरस पछि भविष्यमा आउने महत्वपूर्ण चुनौती सामना गर्न क्लबको व्वयस्थापन ढाँचालाई परिवर्तन गर्न नसक्दा यो अवस्थामा पुगेको उनीहरुले जनाएका छन् ।
६ जनाले क्लब छाडेपछि अब अध्यक्ष बार्तामेउ एक्लै भएको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन् ।अहिले विश्वभर फैलिएको कोरोनाको कारण बार्सिलोनाले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको छ ।