गण्डकी प्रदेशका जनमोर्चा प्रदेश सांसद कृष्ण थापा पदमुक्त

२० जेठ, पोखरा । गएको महिना गण्डकी प्रदेशको बिशेष अधिवेशन बोलएर सरकारबिरुद्ध अविश्वासकापत्र दर्ता भई विश्वासको मत दिने दिन राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाले आफ्नै पाार्टीको हुवीप उलंघन गरी आफु बिरामी भएको नाटक गरी अस्प्तालमा भर्ना भएको ले सभा बाथोलिएको र अविश्वासको पत्रमाथि छलफल नै नगरी ठूलो दलको हैसियतमा एमाले संसददीय दलका नेता तथा वर्तमन मुख्यमन्त्री नै नियक्त भएका थिए । उनले बिपक्षीमा मत नहाल्ने बुरु मुख्यमन्त्रीलाई भोट दिने अभिव्यक्ति दिएका उनलाई माउ पार्टी जनमोर्चाले उनलाई कारवाही गर्ने बताए अनुसार गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताएका छन् ।