नेपाल भेरियन्ट’को चर्चा : डब्लुएचओ भन्छ- फेला परेको छैन

२० जेठ, काठमाडौं । पछिल्लो चरणमा नेपालमा नयां खालको कोरोना भाइरसको भेरियन्ट दे्खा परेको हल्ला संगै नेपालको स्वास्थ्य मन्त्रालयले विज्ञाप्ति निकाले जारी गरेपछि बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित भएका छन् ।

बेलायती ट्याबलोइड दैनिक डेली मेलको बिहीबारको अंकमा कभर स्टोरी प्रकाशित गर्दै नेपाली भेरियन्टको कोरोना बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण हुने उल्लेख छ ।

डेली मेललाई उदृत गर्दै द इन्डिपेन्डेन्ट र टेलिग्राफलगायतका पत्रिकाका अनालइन संस्करणले पनि नेपाली भेरियन्टको भाइरसबारे चर्चा गरेका छन् ।

हालसम्म नेपालमा म्युटेन्ट भएको भाइरसबारे विश्व स्वास्थ्य संगठनले समेत आधिकारिकरुपमा केही बताएको छैन् । नेपालका जनस्वास्थ्य अधिकारीले पनि नेपाल भेरियन्टबारे अनबिज्ञता जनाउंदै दोस्रो लहरका बेला देखिएको भाइरस भारतीय भेरियन्टको भएको बताइरहेका छन् ।

डब्लुएचओ भन्छ स् फेला परेको छैन

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’

हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।