कैलालीमा जेठ ३१ गतेसम्म थप निषेधाज्ञा

२० जेठ, धनगढी । कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले हिजो प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने आदेश जारी गरेको बताए ।

यो अवधीमा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुने । खाद्यान्न, तरकारी, दुग्ध डेरी, मासु पसल भने आइतबार, मंगलबार, बिहीबार र शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

बैँक तथा वित्तीय संघसंस्थाहरुले ५० प्रतिशत कर्मचारी राखेर दैनिक बिहान ६ देखि ११ बजेसम्म मात्र सेवा दिन पाउने व्यवस्था मिलाउन समेत प्रशासनले निर्देशन दिएको छ ।