निर्वाचन आयोगद्धारा महन्थ ठाकुरसंग केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षर माग

१९ जेठ, काठमाडौं । जसपा भित्र अहिले एकले अर्कालाई कारवाहीको क्रम चलेको बेला जसपाको महन्थ-राजेन्द्र समूहले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्दै सो को जानकारी निर्वाचन आयोगमा दिने क्रममा आयोगले अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।

आयोगले कारबाहीको निर्णयमा केन्द्रीय समितिको पदाधिकारीको हस्ताक्षर माग गर्दै पत्राचार गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।