उपत्यकामा लगाईएको निषेधाज्ञ जेठ ३१ गतेसम्म

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा भोलिसम्म लगाईएको निषेधाज्ञ आगामी जेठ ३१ गते सम्म पुर्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । यसपटक निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी छ ।

 प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश :