उपत्यकामा वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो ।

यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो ।