सेयर बजार ५५ अंङकले बढ्यो,कारोबारमा सुधार

१९ जेठ, काठमाडौं । सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा आज भने उत्साह देखिएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सििेटभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेको छ । यस अघि सोमबार ४५ अंकले बजार घटेको थियो भने हिजो पनि दोहोरो अंकले घटेको थियो ।

कारोबार रकममा पनि हिजोको तुलनामा सुधार देखिएको छ । हिजो ९ अर्ब भन्दा पनि कम भएकेमा आज ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ ।