ढिस्कोले पुरेर चन्द्रागिरीमा २ जनाको मृत्यु,२ घाइते

१९ जेठ,काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा आज ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन् ।

पर्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते छन् ।