१९ जेठ, काठमाडौं । निषेधाज्ञा सुरु भएपछि १० हजार ९ सय ३२ जना नेपाली स्वदेश फर्किएका छन् । यस अवधिमा १४ सय ६८ जना विदेशी नागरिक नेपाल भ्रमणमा आएका छन् ।
विदेशी र नेपाली नागरिक गरी कुल १२ हजार ४ सय मानिस नेपाल आएको अध्यागमन विभागले बताएको छ । विभागका अनुसार यो तथ्यांक सन् २०२१ को मे महिनाको हो ।
मे महिनाको शुरुवात देखि नै नेपालमा निषेधाज्ञा शुरु भएको हो । विभागका अनुसार यो महिनामा कुल ९९७७ जना विदेशी नेपालबाट बाहिरिएका छन् ।
नेपालमा भ्रमण र पर्वतारोहणमा आएका विदेशीहरु स्वदेश फर्किन थालेका छन् । मे महिनामा नेपालमा रहेका १३ हजार १ सय ५८ जना नेपाली समेत विदेश गएका छन् ।
विभागको तथ्यांक अनुसार एक महिनामा ५८० भारतीय नागरिक नेपाल आएकामा नेपालबाट भने ४ हजार ७७७ जना भारतीय नागरिक हवाईमार्गबाट दिल्ली फर्किएका छन् ।
नेपालबाट बाहिरिनेमा अमेरिकाका १७१७, रसियाका ५३० र बेलायतका ३९२ यात्रु छन् ।