सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

१९ जेठ,काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो कारोबार भएको रकम नै आज पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको हो ।

यता तेजाबी सुनको मूल्य पनि गत हिजोकै मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घट्दै एक हजार ३६० रुपैयाँ कायम भएको छ ।