भारतमा कोरोनो संक्रमणबाट ३ हजार २०७ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ३ हजार २०७ जनाको मृत्यु भएको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा भारतमा कोरोनाका १ लाख ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने केरलामा १९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्र तथा कर्नाटकमा नयाँ संक्रमितको संख्या १४ हजारभन्दा धेरै छ ।