१९ जेठ, गुल्मी । गुल्मीमा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हलसम्म १६२५ जनाले कोरोना जितेर घर फर्केका छन् ।
कुल संक्रमित २,२८२ जनामध्ये १६२५ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बताएको छ ।
हाल जिल्लामा ६०७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ५८३ जना होम आइसोलेशनमा रहेका छन् । २३ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।
कोरोनाको दोस्रो लहरमा जिल्लामा ८१ जनाको मृत्यु भएको हो ।हाल जिल्लामा २७७ वटा अक्सिजन सिलिण्डर रहेका छन् भने ३९ वटा एम्बुलेन्स रहेका छन् ।
पहिलो चरणमा २२ हजार ५७८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाइसकेका छन् । जसमध्ये दोस्रो चरण कोखोप लगाउने ४ हजार ३१६ जना रहेका छन् ।
जिल्लामा जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ ।