भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति

१७ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार नाघेको छ ।त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख २९ हजार १०० जनाको मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै २८ हजारभन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । त्यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरै छ । केरलामा १९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ ।