सुन चाँदीको मूल्य बढयो

१७ जेठ ,सोमबार । गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य बढ्ने हुने क्रम रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने आज पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले बताए ।