बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

१७ जेठ, बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो ४ः४५ बजे दिउँसोदेखि आज बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको हो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १÷१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् ।

राप्तिसोनारी गाउँपालिका–७ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा हिजो राति १०ः१५ बजे मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१२ बाँकेका ८७ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा आज विहान ५ बजे मृत्यु भएको हो ।

यस्तै नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरूषको हिजो दिउँसो ४ः४५ बजे मृत्यु भएको छ भने मध्य नेपाल नगरपालिका–४ लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा आज विहान ५ः५० बजे मृत्यु भएको हो ।

यस्तै तुल्सीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आज विहान ५ः१५ बजे मृत्यु भएको हो ।

यस्तै घोडाघोडी नगरपालिका–१ कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा आज विहान ७ बजे मृत्यु भएको हो ।