श्रीमान् निक जोनससँग प्रियंकाको रोमान्टिक तस्वीर

बलिउडकी चर्चित नायिका प्रियंका चोपडा बलिउडसँगै हलिउडमा पनि आफ्नो पहिचान स्थापित गरेकी प्रियंका आफ्ना श्रीमान् निक जोनससँग रोमान्टिक तस्वीर सामाजिक संजालमा शेयर गरेकी छिन् ।

प्रियंकाले सामाजिक संजाल इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेकी छिन्, जसमा उनी आफ्ना श्रीमान् निकसँग रोमान्टिक अवतारमा देखिएकी छिन् । केही समय लण्डनमा बिताएपछि प्रियंका र निक अमेरिका फर्किएका छन् । उनीहरु, हालैमात्र बिलबोर्ड्स म्यूजिक अवार्डमा सहभागी भए ।

निकसँगको तस्वीर शेयर गर्दै चोपडा लेख्छिन् ‘श्रीमानको लागि प्रशंसाले भरिएको पोष्ट लेख्दैछु । मलाई तिमीमाथि गर्व छ । तिमी जे पनि काम गर्छौ मलाई ती सबै काममा गर्व छ । तिम्रो काम गर्ने तरिकाले मलाई हरेक दिन प्रभावित गर्छ । आज तिमीले शानदार काम गरेका छौं । आई लभ यू ।’