मान्छे तानातान र किनबेचको तमासा नगरौं ! हात मिलाएर आ–आफ्नो बाटो लागौं !

पूर्वप्रधानमन्त्री तथा जसाप संघीय अध्यक्ष, डा. बाबुराम भट्टराई

१७ जेठ, काठमाण्डौ । पछिल्लो राजनीतिक परिघटनाले गर्दा जनता समाजवादी पार्टीभित्र विवाद बढेका बेला संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ–आफ्नो बाटो लाग्नुपर्ने बताएका छन् ।

जसाप पार्टीभित्र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्नेमा छ ।

तर पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई–उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्नेमा छन् ।

विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारवाहीको चेतावनी दिएका बेला भट्टराईले आ–आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन् ।

अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ ! हात मिलाएर आ–आफ्नो बाटो लागौं ! हिडिरहे फेरि भेट हुनेछ !’