सर्लाहीमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि

१६ जेठ,सर्लाही । एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो । एकै परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीय नातिनीसम्म संक्रमित भएको हो । वडामा देखिएका १५ संक्रमितमध्ये एकै परिवारका १४ जना कोरोना पोजेटिभ पुष्टि भएको हो ।

एकै परिवारका १४ जना कोरोना संक्रमित भएको हरिवन ७ का वडाअध्यक्ष नेत्रप्रसाद मैनालीले बताए । वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ–बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि परिवारका अन्य १२ सदस्यको स्वाब परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण देखियो ।