ओलीले बोलाए आफु पक्षीय स्थायी कमिटी बैठक

१६ जेठ, काठमाडौं । नेकपा एमाले भित्रको चर्को विवाद केन्द्रमा मात्र नभएर प्रदेश जिल्ला हुंदै गाउंसम्म समेत पुगेको बेला पार्टी अध्यक्ष ओली आफू निकट पार्टीका पदाधिकारी र सदस्य सहभागी भएर माधव पक्षलाई कारवाहीका साथै पार्टीकाट निस्कासन सम्मका हर्कत गरिरहेका उनले आज फेरी आफू निकटको स्थायी समिति बैठक बोलाएका छन् । आज बेलुका साँझ ५ बजे बस्नेगरी स्थायी समिति बैठक बोलाएका छ ।

प्राप्त स्रोतका अनुसार पार्टीको आन्तरिक विषयमा छलफल हुने छ ।

ओली स्रोतका अनुसार यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुने बताइएको छ ।

विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् ।
स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी रहेको ओली पक्षले बताएको छ ।