विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल

१६ जेठ,काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनको परिवारले बताए ।

परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आज जारी विज्ञप्तिमा उपचार भैरहेको भए तापनि अवस्था जटिल हुँदै गएको बताए ।

कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराएका उनको विगत तीन दिनदेखि भने नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।