जसपामा स्पष्टीकरणको होडबाजी एकले अर्को कारवाहीको धम्की

१५ जेठ, काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) फुटको स्तितिमा देखिएको छ । केही घन्टा अगाडढी जसपाो उपेन्द्रबाबुराम पक्षको बहुमत कार्यकारीणी बैठकले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महत्तो पक्षलाई २४ घन्टे स्पष्टीकरण सोध्दै कारवाहीको चेतावनी पत्र दिएको मसी नसुम्दै जसपा कै अर्को पक्ष महन्थराजेन्द्र पक्षले उल्टै अध्यक्ष उपेन्द्र यादवलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । उसले भनेको पनि भनेको छ २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाउँदै सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएको छ ।