मुलुकभर ४४८७ जनामा कोरोना संक्रमण ६०८० जना संक्रमण मुक्त ११६ जना संक्रमणबाट मृत्यु

१५ जेठ, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने ६०८० जना निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।
यस्तै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ ।