Breaking News

भारतमा कोरोना संक्रमणबाट ३ हजार ६६० जनाको मृत्यु

१४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या ४४ दिनयताकै सबैभन्दा कम देखिएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् ।

उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७५ लाख ५५ हजार नाघेको छ ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३ लाख १८ हजार ८९५ पुगेको छ ।
अहिलेसम्म भारतमा २० करोड ५७ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ ।