ओली सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन

सभापति शेरबहादुर देउवा

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन् ।

सभापति देउवाले आज एक विज्ञप्ति निकाल्दै छन् ।

वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ ।

उनले सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई भनेका छन् ।

उनले सरकारी संयन्त्रको दुरूपयोग नगर्नसमेत चेतावनी दिएका छन् ।

हालै प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे मागबारे देउवाले पुनः ध्यानाकर्षण गराएका छन् ।