प्रधानमन्त्री ओलीले निरंकुश, तानाशाही र स्वाछ्चारी तरिकाले चालेको कदम नसच्चाईए कालिकोटका ५ राजनीतिक दलले संयुक्त संघर्ष चर्काउने

११ जेठ, काठमाडौं । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्पति बिद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा संसद बिघठन गरेपछि केन्द्रमा एक जुट भएर गठबन्धनका साथ सर्वोच्चमा संसद विघटन विरूद्व रिट हालेका पाँच राजनीति दल को मोर्चा कालिकोटमा पनि एकमत भएका छन । प्रधानमन्त्री र राष्ट्पतिको असंवैधानिक कदको बिरोद्धमा कालिकोटका पाँच राजनीति दलले आज मान्ममा संयुक्त विज्ञप्ति प्रकाशित निकालेका छन् ।

बिज्ञाप्तिमा नेपाली कांग्रेसका पार्टी सहसचिव दमनबहादुर शाही, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष धनजित शाही, नेकपा एमाले माधव समुहपक्षका कावा अध्यक्ष महिला नेतृ कृष्णकला पाण्डे, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षधरका जिल्ला अध्यक्ष माधवप्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाका कृष्ण शाहीले केन्द्रमा भएको गठबन्धन जस्तै जिल्लामा पनि ५ राजनीति दलको मोर्चा कसेर संसद विघटन र नागरिकता विधेयकको विरूद्वमा वर्तमान सरकारले चालेका कदम असम्बैधानिक रहेको भन्दै संयुक्त विज्ञप्ति निकालिएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ओलि सरकारले, अलोकत्रान्त्रिक , निरंकुश , तानाशाही र स्वाछ्चारी ढंगले गरिएका कदम नसच्चाईए प्रतिगमनकारीका विरूद्वमा अझ संयुक्त संघर्ष चर्काउने समेत उल्लेख गरिएको छ ।

जनताको संघर्षपूर्ण बलिदानीबाट प्राप्त संघीयण लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै कुठाराघात गरी बिघठन गर्ने मनसायले यस खालको कदम चालिएको र यस कार्यबाट जनतामा झन दुःख र कष्ठ थोपरिएको बताइएको छ ।
प्रधानमन्त्रीको यो असंवैधानिक दमका बिरुद्ध सबै राजनीतिक दलहरु एकताबद्ध भएर राजनीतिक र कानूनी रुपले संसक्त रुपले प्रतिवाद गर्न कटिबद्ध भएको पनि बिज्ञाप्तिमा जनाइएको छ ।