नेपालको राजीतिक परिघटना र संसद बिघठनका नेपालको आन्तरिक मामिला हो

भारत

११ जेठ, काठमाडौं । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्पति बिद्यादेवी भण्डारीले संसद बिघठन गरेको ६ दिनपछि भारतको तर्फबाट प्रतिक्रिया दिने क्रममा नेपालको पछिल्लो घटनाक्रमका साथै संसद बिघठनका बारेमा नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय भएको बताए ।