पेट भोकै हुन्छ लकडाउन सम्झेर भएन

२७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन देशव्यापी लकडाउन गरिएपछि जनजीवन ठप्प हुनुका साथै कष्टकर बन्दै गएको छ । अधिकांश उद्योग–व्यवसाय बन्द छन् । त्यसमा पनि दिनहुँ ज्यालादारी गर्ने मजदुरहरुको भने ज्याँदै नाजुक अवस्था रहेको पाइयो । तर ईट्टा इँटाभट्टामा काम गर्ने मजदुरहरु नियमित काम गरिरहेको देखियो ।
सरकारको लकडाउन र कोरोनाको त्रासले उनीहरुलाई असर नगरेको जस्तो भान देखिन्थ्यो, प्रसंग हो चन्द्रागिरी नगरपालिका १२ वडा स्थित बलम्बु, खोला छेउमा अवस्थित ईट्टा भट्टामा काम गर्ने मजदुरहरुको दैनिकी ।
घर जानसक्ने कामदार घर गए पनि जो जान नसकेर जान बाट रोकिएका मजदुरहरु भने सोही ईट्टा भट्टामा नै काम नगरेर पेट पालिरहेका
छन् । ईट्टा भट्टामा प्राय केटाकेटी र महिला देखिन्थ्य । सबैको एउटै आवाज थियो, कहाँ जाने पुरै बन्द छ, घर जान पनि पाइएन । त्यसैले त्यतिकै बस्नु भन्दा काम गर्नु नै बेश, रोजीरोटी पनि हुन पाइने त्यसैले हामीहरुले काम गरिरहेको प्रतिक्रिया दिएका छन् । सो ईट्टा भट्टामा नेपाल लगायत भारतका कामदार पनि रहेका छन् । कोही परिवार सहित, कोही युवाहरु र कोही एकल महिला भएको पाइयो ।
उनीहरुका अनुसार काम नभएपछि आम्दानी पनि नहुँदा दुई छाक खान पनि समस्या परेको बताउँछन् । कोही कसैले राहत दिएको खण्डमा अलि राहत हुने थियो  की भनेर दुखेसो पनि पोख्छन् ।