सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श लिंदै

११ जेठ, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्पतिले प्रतिनिधिसभाको बिघठन गरेपछि त्यसपछि निस्किएको राजनीतिक परिघटना बारे छलफल गर्न र के कसरी अगाढी बढ्न सकिन्छ भन्ने बिषयमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् ।

संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए ।

यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

२०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहेका छन् ।