प्रधानमन्त्री ओलीले प्रधान न्यायाधीशलाई मध्यरातमा आफ्नो निवास बोलाउनु शुभ संकेत होइन

११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधान न्यायाधीशलाई मध्यरातमा आफ्नो निवास बोलाउनु शुभ संकेत नभएको पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । त्यस्तै रातीराती विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि राम्रो नभएको बताएका छन् ।

डा. भट्टराई आज बिहान सामाजिक सञ्जाल मार्फत आफ्ना भनाई राख्दै उनले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद भएको र त्यो नियम नजिर बन्न नसक्ने उल्लेख गरेका छन् ।

डा. भट्टराईले भनेका छन् ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि शुभ संकेत हैनन् । खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद हो, त्यो नियम र नजिर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजा–धुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस् भनेका
छन् ।